हिजो तोलामा ७ हजार ९ सय घटेको सुनको भाउ आज पनि घट्यो

 संवाददाता    २०८२, १६ पुष बुधबार ११:१२     279 जनाले पढ़िसके



Spread the love

आज पनि सुनचाँदीकै मूल्य घटेको छ। गएको सोमबार र मंगलबार घटेको सुनको मूल्य आज पनि घटेको हो।

प्रतितोला एक हजार एकसय रुपैयाँ घटेर सुनको भाउ आज दुई लाख ६१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा सात हजार नौसय रुपैयाँ घटेर दुई लाख ६२ हजार एकसय रुपैयाँमा झरेको थियो।

गएको मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो।

गएको आइतबार सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो।

गएका तीन दिनमा सुनको भाउ ताेलामा ९ हजार ६ सय रुपैयाँ घटेको छ।

त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय २० रुपैयाँ घटेर चारहजार चारसय ७० रुपैयाँमा झरेको छ।