साताको पहिलो कारोबार दिन नै सेयरबजारमा १९.९२ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार उक्त अंकले घटेर २५९५.१० विन्दुमा झरेको हो।
यस दिन ४ अर्ब ५२ करोडको कुल कारोबार भएको छ। १ करोड १२ लाख कित्ता सेयर बिक्रीपछि सो परिमाणमा कारोबार भएको हो।
यस दिन ४३ वटा सेयरको मूल्य बढ्दा २०७ वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
बढेका सेयरमा एसवाई प्यानल ६२.२० रुपैयाँ, सिटिजन्स बैंक डिबेन्चर १११.५० रुपैयाँ, एसबीआई डिबेन्चर १०४.९० रुपैयाँ, कुमारी बैंक डिबेन्चर ९८ रुपैयाँ र तेह्रथुम पावर कम्पनी २८.७० रुपैयाँ छन्। घटेकामा सिन्धु विकास बैंक ७९.८०, नारायण डेभलपमेन्ट बैंक ९३.९० रुपैयाँ, अपर स्यांगे हाइड्रोपावर ६६.४० रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंक ११०.३० रुपैयाँ, ग्रिन डेभलपमेन्ट बैंक ७८ रुपैयाँ छन्।
आज स्वस्तिक लघुवित्तको सर्वाधिक १३ करोड, वाराही हाइड्रोपावर ११ करोड, सन नेपाल लाइफ इन्स्योरेन्स ११ करोड, लुम्बिनी विकास बैंक १० करोड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोडको कारोबार भएको छ।