सुनको मूल्य घट्दो क्रममा, चाँदीको भाउ हालसम्मकै उच्च

 संवाददाता    २०८२, २ पुष बुधबार ११:१५     266 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज पनि घटेको छ।

गएको सोमबार हालसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य हिजो र आज लगातार घटेको हो।

सुनको मूल्य आज तोलामा दुईसय रुपैयाँ घटेर दुई लाख ५९ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा एक हजार सातसय रुपैयाँ घटेर सुनको मूल्य तोलाको दुई लाख ५९ हजार नौसय रुपैयाँ कायम भएको थियो।

गएको मंसिर २९ गते सुनको मूल्य तोलाको दुई लाख ६० हजार सातसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज चाँदीको मूल्य भने बढेको छ।

प्रतितोला १७० रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको चार हजार ५५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।