सेयरबजार ६.७४ अंकले बढ्यो

 संवाददाता    २०८२, ३० मंसिर सोमबार १६:२२     221 जनाले पढ़िसके



Spread the love

सेयरबजार ६.७४ अंकले बढेपछि पुनः २६ सय विन्दुमा फर्किएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार लगातार घटिरहेको बजार सोमबार बढेको हो।

यस दिन कारोबार रकम पनि ३ अर्ब ४४ करोड पुगेको छ। कुल ७७ लाख कित्ता सेयर बिक्रीमा यो परिमाणमा कारोबार भएको हो।

यस दिन १५५ वटा सेयरको मूल्य बढ्दा ९४ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज पनि स्वस्तिक लघुवित्तको १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता २११.५० रुपैयाँ कमाएका छन्।

यस्तै, एसवाई प्यानल र श्वेतगंगा हाइड्रोको क्रमशः ९.९९ प्रतिशत र ८.७९ प्रतिशतले बढेको छ। हिमस्टार ऊर्जाका लगानीकर्ताले भने ६.९५ प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।

सर्वाधिक कारोबार भने ङादी ग्रुप पावरको भएको छ। कम्पनीको १४ करोडको कारोबार भएको छ।