सेयरबजार ६.७४ अंकले बढेपछि पुनः २६ सय विन्दुमा फर्किएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार लगातार घटिरहेको बजार सोमबार बढेको हो।
यस दिन कारोबार रकम पनि ३ अर्ब ४४ करोड पुगेको छ। कुल ७७ लाख कित्ता सेयर बिक्रीमा यो परिमाणमा कारोबार भएको हो।
यस दिन १५५ वटा सेयरको मूल्य बढ्दा ९४ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज पनि स्वस्तिक लघुवित्तको १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता २११.५० रुपैयाँ कमाएका छन्।
यस्तै, एसवाई प्यानल र श्वेतगंगा हाइड्रोको क्रमशः ९.९९ प्रतिशत र ८.७९ प्रतिशतले बढेको छ। हिमस्टार ऊर्जाका लगानीकर्ताले भने ६.९५ प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।
सर्वाधिक कारोबार भने ङादी ग्रुप पावरको भएको छ। कम्पनीको १४ करोडको कारोबार भएको छ।