आज पनि बढ्यो सुनको मूल्य

 संवाददाता    २०८२, २६ मंसिर बिहीबार ११:१४     140 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज थप बढेको छ।

सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेर आज सुन तोलाको दुई लाख ५३ हजार एकसय रुपैयाँ पुगेको छ।

सुनको मूल्य हिजो तोलाको दुई लाख ५२ हजार एकसय रुपैयाँ थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य थप बढेर अहिलेसम्मकै उच्च भएको छ।

प्रतितोला एकसय ५५ रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको तीन हजार आठसय पाँच रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तीन हजार सातसय ५० रुपैयाँ थियो।