सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.०३ अंकले घटेको छ । मंगलबारको तुलनामा ०.१९ प्रतिशतले घटेपछि समग्र नेप्से २६०९.०३ विन्दुमा ओर्लेको छ । मंगलबार नेप्से करिब ७ अंकले बढे पनि त्यो वृद्धि बुधबारसम्म टिकेन ।
बुधबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्यो, १६९ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । बुधबार सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से घटेको हो ।
बुधबार कुल ९१ हजार ३ सय ९४ पटकको सेयर कारोबारमा ८६ लाख ४७ हजार ९ सय ४८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । मंगलबार सेयर बजारमा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।