३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

 संवाददाता    २०८२, २३ मंसिर सोमबार ११:०५     220 जनाले पढ़िसके



Spread the love

गएका तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज थोरै बढेको छ।

सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलाको दुई लाख ५२ हजार नौसय रुपैयाँ कायम भएको छ।

गएको बिहीबार, शुक्रबार र आइतबार सुनको मूल्य लगातार घटेको थियो।

आइतबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँ घटेको थियो भने बिहीबार आठसय र शुक्रबार नौसय रुपैयाँ घटेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य भने घटेको छ। प्रतितोला २० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको तीन हजार पाँचसय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।