सुनको मूल्य आज आज पनि घट्यो

 संवाददाता    २०८२, २२ मंसिर आईतवार ११:४८     200 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज पनि घटेको छ। गएको बिहीबार र शुक्रबार घटेको सुनको मूल्य आज पनि घटेको हो।

प्रतितोला दुईसय रुपैयाँ घटेर सुनको भाउ आज दुई लाख ५२ हजार दुईसयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गएको बिहीबार सुनको मूल्य प्रतितोला आठसय र शुक्रबार नौसय रुपैयाँ घटेको थियो।

शुक्रबार सुनको मूल्य तोलाको दुई लाख ५२ हजार चारसय रुपैयाँ थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला ५० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको तीन हजार ६ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।