हिजो घटेको सुनको मूल्य आज पनि घटेको छ।
हिजो प्रतितोला आठसय रुपैयाँ घटेको सुनको मूल्य आज तोलाको नौसय रुपैयाँ घटेको हो।
मूल्य घटेर आज सुन तोलाको दुई लाख ५२ हजार चारसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो प्रतितोला दुई लाख ५३ हजार तीनसय रुपैयाँ थियो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने बढेको छ। प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको तीन हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।