आज सुनचाँदीकै मूल्यमा गिरावट

 संवाददाता    २०८२, १९ मंसिर बिहीबार ११:२५     154 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज घटेको छ। हिजो तोलामा आठसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ नै घटेको हो।

सुनको मूल्य आज प्रतितोला दुई लाख ५३ हजार तीनसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला ३० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको तीन हजार ६ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।