सुनको मूल्यमा आज थोरै गिरावट

 संवाददाता    २०८२, १७ मंसिर मंगलवार १३:२४     179 जनाले पढ़िसके



Spread the love

सोमबार बढेको सुनको मूल्य आज थोरै घटेको छ।

तोलामा तीनसय रुपैयाँ घटेर सुन आज प्रतितोला २ लाख ५३ हजार तीनसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको भाउ हिजो तीन हजार पाँचसय ३५ थियो। आज तोलामा १५ रुपैयाँ बढेर तीन हजार पाँचसय ४५ पुगेको महासंघले जनाएको छ। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढिरहेको छ।