कारोबारको पहिलो दिन सेयरबजारमा २६.५१ अंकको गिरावट

 संवाददाता    २०८२, १५ मंसिर आईतवार १६:१३     162 जनाले पढ़िसके



Spread the love

साताको पहिलो कारोबार दिन सेयरबजारमा २६.५१ अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले घटेर २६४९.५२ विन्दुमा झरेको हो।

सूचक घटे पनि कारोबार रकम भने ७ अर्ब पुगेको नेप्सेले जनाएको छ। डेढ करोड कित्ता सेयर बिक्रीपछि उक्त परिमाणको कारोबार भएको हो।

यस दिन ४५ वटा सेयरको मूल्य बढेको छ भने २ सय ११ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै. कारोबार भएको छ। आज पनि सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जीलगायतले नै कमाएका छन्।

यी कम्पनीहरुको सेयर सर्किट तहमै बढेपछि लगानीकर्ताले राम्रै प्रतिसेयर आम्दानी गरेका हुन्। तर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक डिबेन्चर, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावरलगायतको सेयरमा भने अधिकतम ८.९९ प्रतिशतसम्मको गिरावट आएको नेप्सेले जनाएको छ।

हिमालयन रिइन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको २३ करोडको खरिदबिक्री भएको हो। यसबाहेक जोशी हाइड्रोलगायतका कम्पनीको २१ करोडको किनबेच भएको हो।

आज सबै उपसूचक राताम्य छन्।