हिजो तोलामा ५२ सय बढेको सुनको मूल्य आज पनि बढ्यो

 संवाददाता    २०८२, ११ मंसिर बुधबार ११:३८     184 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा पाँच हजार दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ।

सुनको मूल्य आज तोलामा नौसय रुपैयाँ बढेर दुई लाख ४८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार तोलामा १९ सय घटेको सुनको मूल्य हिजो र आज गरेर ६१ सय रुपैयाँ बढेको हो।

हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार नौसय रुपैयाँ थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार दुईसय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।