आइतबार बढेको सुनको मूल्य आज फेरि घट्यो

 संवाददाता    २०८२, ९ मंसिर सोमबार ११:००     251 जनाले पढ़िसके



Spread the love

आइतबार बढेको सुनको मूल्य आज फेरि घटेको छ।

तोलामा एक हजार नौसय रुपैयाँ घटेर सुनको मूल्य आज दुई लाख ४२ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार तोलामा १३ सय घटेको सुनको मूल्य सोमबार दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४४ हजार ६ सय पुगेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा २० रुपैयाँ घटेर चाँदीको मूल्य आज तीन हजार एकसय १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।