शुक्रबार तोलामा १३ सय घटेको सुनको मूल्यमा आज उल्लेख्य वृद्धि

 संवाददाता    २०८२, ८ मंसिर आईतवार १२:२२     146 जनाले पढ़िसके



Spread the love

गएको शुक्रबार तोलामा १३ सय घटेको सुनको मूल्य आज बढेको छ।

प्रतितोला दुई हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य आज दुई लाख ४४ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन शुक्रबार तोलामा एक हजार तीनसय रुपैयाँ घटेर दुई लाख ४१ हजार सातसय रुपैयाँमा झरेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार एकसय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।