सुनको मूल्य आज घटेको छ। बिहीबार तोलामा सातसय र बुधबार दुई हजार आठसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा एक हजार तीनसय रुपैयाँ घटेको हो।
मूल्य घटेर सुन आज तोलाको दुई लाख ४१ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुन तोलाको दुई लाख ४३ हजार रुपैयाँमा किनबेच भएको थियो। सुनको मूल्य गएको आइतबार तोलामा ६ हजार नौसय घटेको थियो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज पनि चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलामा तीन हजार एकसय ८५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज तीन हजार एकसय रुपैयाँमा झरेको महासंघले जनाएको छ।