सुनको मूल्य : तोलामा झण्डै ३ हजारले बढ्यो

 संवाददाता    २०८२, ४ मंसिर बुधबार ११:४३     108 जनाले पढ़िसके



Spread the love

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा समेत परेको छ । मङ्गलबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ८०० ले बढेको छ । यस्तै, चाँदीको मूल्य ६० ले बढेको छ ।

आज एक तोला सुनको मूल्य दुई लाख ४२ हजार ३०० तोकिएको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार १५० कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।