सुनको मूल्यमा आज पनि व्यापक मात्रामा गिरावट आएको छ।
आइतबार तोलामा ६ हजार नौसय घटेको र सोमबार ताेलामा पाँचसय रुपैयाँ मात्रै बढेको सुनको मूल्य आज फेरि तीन हजार आठसय रुपैयाँ घटेको हो।
मूल्य घटेर आज सुन तोलाको दुई लाख ३९ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनकाे भाउ तोलाको दुई लाख ४३ हजार तीनसय रुपैयाँ थियो।
यसअघि गएको बिहीबार सुन तोलामा पाँच हजार ६ सय रुपैयाँ बढेको थियो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ।
आज तोलामा ६५ रुपैयाँ घटेर चाँदीको भाउ तोलाको तीन हजार ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।