हिजो बढेको सुनको मूल्य आज घट्यो

 संवाददाता    २०८२, २९ कार्तिक शुक्रबार ११:४२     161 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा पाँच हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ।

तोलामा पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको दुई लाख ४९ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा पाँच हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य दुईलाख ५० हजार दुईसय रुपैयाँ पुगेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि घटेको छ।

हिजो तोलामा १७५ रुपैयाँ बढेर तोलाको तीन हजार तीनसय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तीन हजार दुईसय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।