एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

 संवाददाता    २०८२, २८ कार्तिक बिहीबार १२:३४     120 जनाले पढ़िसके



Spread the love

स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै आज चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।