२ दिन लगातार घटेको सुनको मूल्य आज बढेको छ।
सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेको हो। आज चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर आज सुन तोलाको दुई लाख ३७ हजार आठसय रुपैयाँ पुगेको हो। हिजो तोलामा ११ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको दुई लाख ३७ हजार दुईसय रुपैयाँमा झरेको थियो। सुनको मूल्य मंगलबार पनि तोलामा १४ सय रुपैयाँ घटेको थियो।
अघिल्लो साता सुन तोलामा १७ हजार दुईसय रुपैयाँ घटेको थियो।
गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो।
गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।