सुनको मूल्य आज पनि घट्यो, चाँदी पनि सस्तियो

 संवाददाता    २०८२, १९ कार्तिक मंगलवार ११:३१     312 जनाले पढ़िसके



Spread the love

गत साता तोलामा १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ।

सुनको मूल्य आज तोलामा एक हजार चारसय रुपैयाँ घटेर दुई लाख ३८ हजार तीनसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार र सोमबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँमा स्थिर थियो।

सुनको मूल्य गएको शुक्रबार र आइतबार दुई दिनमा तीन हजार चारसय रुपैयाँ बढेको थियो। त्यसअघिका चार दिनमा १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको हाे।

गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो।

गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ४५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको तीन हजार १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।