दुई दिन लगातार बढेको सुनको मूल्य आज स्थिर

 संवाददाता    २०८२, १८ कार्तिक सोमबार १२:२३     156 जनाले पढ़िसके



Spread the love

गएका दुई दिन लगातार बढेको सुनको मूल्य आज स्थिर छ।

आज सुनको मूल्य तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य गएको शुक्रबार र हिजो (आइतबार) लगातार बढेको थियो।

शुक्रबार तोलामा दुई हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा सातसय रुपैयाँ बढेको थियो।

गत साताका चार दिनमा सुनको मूल्य तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको थियो।

गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म ९१३ दिनको अवधिमा० सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो।

गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो।

आज चाँदीको मूल्य भने थोरै बढेको छ। तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।