आज पनि बढ्यो सुनको मूल्य

 संवाददाता    २०८२, १७ कार्तिक आईतवार १२:१०     227 जनाले पढ़िसके



Spread the love

गएको शुक्रबार बढेको सुनको मूल्य आज पनि बढेको छ।

शुक्रबार तोलामा दुई हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा सातसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य बढेर आज सुन तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँ पुगेको छ।

गत साताका चार दिनसम्म सुनको मूल्य लगातार घटेको थियो। गएको शुक्रबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार रुपैयाँ थियो।

गएको आइतबारदेखि बुधबारसम्म (चार दिन)मा सुनको मूल्य तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको थियो।

गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो।

गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। तोलामा ५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तीन हजार ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।