आज फेरी बढ्यो सुनको मूल्य

 संवाददाता    २०८२, १५ कार्तिक शुक्रबार १३:३२     270 जनाले पढ़िसके



Spread the love

चार दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज बढेको छ।

तोलामा दुई हजार सातसय रुपैयाँ बढेर सुनको मूल्य आज दुई लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको आइतबारदेखि बुधबारसम्म (चार दिन)मा तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो स्थिर थियो।

गएको बुधबार सुनको मूल्य तोलामा सातसय रुपैयाँ घटेको थियो भने मंगलबार प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो।

गएको आइतबार भने एकैदिन सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको थियो। गत सोमबार तोलामा २ हजार घटेको थियो।

गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो।

गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ८० रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।