३४ अंकले बढ्दै नेप्से २६०० बिन्दुमा, साढे ७ अर्बको कारोबार

 संवाददाता    २०८२, १४ कार्तिक बिहीबार १६:१४     98 जनाले पढ़िसके



Spread the love

छठयता सेयरबजारमा क्रमशः सुधार देखिएको छ। लगातार तेस्रो दिन कारोबार रकम बढ्दै गएको हो।

साताको अन्तिम कारोबार दिन आज नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेको छ। योसँगै कुल ७ अर्ब ५१ करोड बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

बिहीबार २ करोड ६० लाख कित्ता सेयर बिक्रीपछि सो परिमाणको कारोबार भएको हो। यस दिन २१६ वटा सेयरको मूल्य बढ्दा २८ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमा किनबेच भएको छ।

अन्तिम कारोबार दिन गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ। यसबाहेक सुपरमादी हाइड्रोपावर ९.५४, गणपति लघुवित्त ९.४६ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनी ९.०८ प्रतिशतले उकालो लागेका छन्।

आज गिरावटमा अधिकतम ५.७० प्रतिशतसम्मले सेयरहरु घटेका छन्।

सर्वाधिक कारोबारमा हिमालयन बैंक प्रोमोटर सेयर १ अर्ब ६६ करोडको किनबेच भएको छ। यो सेयर प्रतिकित्ता १३१ रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको हो।