सूचक घटे पनि बढ्यो कारोबार

 संवाददाता    २०८२, १३ कार्तिक बुधबार १६:००     97 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा आज सूचक सामान्य अंकले घटे पनि कारोबार रकम भने बढेको छ।

मंगलबार साढे ४ अर्ब पुगेको कारोबार बुधबार झण्डै १ अर्बले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा छ। यस दिन कारोबार रकम ५ अर्ब ४५ करोड रुपैयाँ छ। धेरै दिनपछि बजारमा बिक्री भएको कित्ता संख्याले पनि १ करोड नाघेको छ।

आज १ करोड १५ लाख कित्ता बिक्री भएको हो। नेप्सेका अनुसार ८५ वटाको मूल्य बढ्दा १५९ वटा सेयरको मूल्य घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज खानीखोला हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन्। त्यसैगरी उपकार लघुवित्तका सेयरधनीले ९.९८ प्रतिशत, मानुषी लघुवित्तका लगानीकर्ताले ९.९१ प्रतिशत, हिमालयन पावर पार्टनर्सका सेयरधनीले ८.७४ प्रतिशत र आशा लघुवित्तका सेयरधनीले ७.६८ प्रतिशत कमाएका छन्।

ज्योति विकास बैंकको बन्ड, पञ्चकन्या माई हाइड्रोलगायतका सेयरधनीले भने ५.६६ प्रतिशतसम्म गुमाएका छन्।

सर्वाधिक कारोबारमा आज युनियन हाइड्रोपावर अगाडि छ। कम्पनीको २३ करोडको कारोबार भएको छ।