सुनको मूल्यमा आज थप गिरावट

 संवाददाता    २०८२, १३ कार्तिक बुधबार ११:४२     330 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य गएको चार दिनदेखि लगातार घट्दै आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ घटेको हो। योसँगै सुनको मूल्य आज तोलाको दुई लाख ३६ हजार तीनसय रुपैयाँमा झरेको छ।

हिजो (मंगलबार) सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो। तिहारपछि गएको आइतबार एकैदिन सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको थियो भने सोमबार २ हजार घटेको थियो।

आज चाँदीको मूल्य भने बढेको छ।

तोला ४५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको दुई हजार नौ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।