सुनको मूल्यमा आज पनि ‘रेकर्ड ब्रेक’

 संवाददाता    २०८२, २९ आश्विन बुधबार १२:२४     245 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज पनि बढेको छ। हिजो तोलामा आठ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको हो।

सुनको मूल्य आज तोलाको दुई लाख ४८ हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

सुनको मूल्य हिजो तोलाको दुई लाख ४८ हजार पाँचसय रुपैयाँ थियो।

यसअघि गएको सोमबार सुनको मूल्य तीन हजार रुपैयाँ बढेको थियो भने आइतबार तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो।

गएको मंसिर १० गते एकैदिनमा सुनकाे मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो।

त्यसैगरि चाँदीको मूल्य पनि पनि बढेकाे छ।

चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ बढेर तीन हजार तीनसय ४० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि अहिलेसम्कै सर्वाधिक महँगो हो।