आज पनि सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ।
मूल्य बढेर दुवै धातुको भाउ आज पनि हालसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्य आज फेरि अहिलेसम्मकै महँगो बनेको हो।
सुनको मूल्य आज तोलामा एक हजार तीनसय रुपैयाँ बढेर दुई लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य मंगलबार तोलामा तीन हजार नौसय रुपैयाँ बढेर दुई लाख २१ हजार सातसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला २० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार सातसय रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको पनि यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।