फेरि बढ्यो सुनचाँदीकै मूल्य, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?

 संवाददाता    २०८२, ३ आश्विन शुक्रबार १२:०३     297 जनाले पढ़िसके



Spread the love

आज फेरि सुनचाँदीकै मूल्य बढेको छ। गएको दुई दिनसम्म लगातार घट्दै आएको सुनचाँदीकै मूल्य आज फेरि बढेको हो।

सुनको मूल्य आज तोलाको आठसय रुपैयाँ बढेर दुई लाख १६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलामा नौसय रुपैयाँ घटेर दुई लाख १५ हजार दुईसय रुपैयाँमा झरेको थियो।

गएको मंगलबार सुनको भाउ तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार पाँचसय ८९ रुपैयाँमा पुगेको छ।