घट्यो सुनको मूल्य

 संवाददाता    २०८२, १ आश्विन बुधबार १०:५४     405 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य घटेको छ। गएका दुई दिन लगातार बढेर उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाय आज तोलाको एक हजार रुपैयाँ घटेको हो।

आज सुनको मूल्य तोलाको दुई लाख १६ हजार एकसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको थियो।

सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो बढेर हालसम्मकै महँगो भएको चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँ घटेको हो। चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय ५० रुपैयाँमा झरेको छ।