सामसङ ग्यालेक्सी ए१७ फाइभजी नेपालमा सार्वजनिक

 संवाददाता    २०८२, १५ भाद्र आईतवार १३:१५     136 जनाले पढ़िसके



Spread the love

सामसङले नेपालमा ए-सिरिजलाई विस्तार गरेको छ।

सो क्रममा कम्पनीले नयाँ ग्यालेक्सी ए१७ फाइभजी सार्वजनिक गरेको हो। यसको मूल्य ३४ हजार ९९९ (८/२५६ जीबी), ३० हजार ९९९ (८/१२८ जीबी) र २८ हजार ९९९ (६/१२८ जीबी) तोकिएको छ।

ग्यालेक्सी ए१७ फाइभजीमा ६.७-इन्च सुपर अमोलेड डिस्प्ले ९० एचजेट रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ। यसमा ५० एमपी ओआईएस मुख्य क्यामेरा, ५ एमपी अल्ट्रा-वाइड, र २ एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।

यसमा जेमिनी इन्टिग्रेशन, जेमिनी लाइभ र सर्कल टु सर्च जस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए१७ फाइभजीमार्फत नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेको बताए।

उनका अनुसार यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता मजबुत सुरक्षा फिचरहरू छन्। साथै, छ वर्षको सुरक्षा अपडेट र छ ओएस अपग्रेडको साथमा दीर्घकालीन मूल्य सुनिश्चित गरिएको छ।