आज पनि बढ्यो सुनचाँदीकै मूल्य

 संवाददाता    २०८२, ६ भाद्र शुक्रबार १२:३७     206 जनाले पढ़िसके



Spread the love

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको हो। हिजो सुनको मूल्य तोलाको एक हजार तीनसय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९५ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एकलाख ९४ हजार आठसय रुपैयाँ थियो।

गएको बुधबार तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको थियो।

गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीकाे मूल्य प्रतितोला २० रुपैयाँ बढेर दुईहजार तीनसय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।