सेयरबजार बुधबार ९.७० अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले घटेर २७६७.२० विन्दुमा झरेको हो।
दिनभरिमा १ करोड ५२ लाख कित्ता मात्र सेयर बिक्रीपछि ५ अर्ब २० करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
यस दिन ५९ वटा सेयरको मूल्य बढ्दा १ सय ८८ वटाको घटेको र दुईवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
बुधबार सबैभन्दा बढी विकाश हाइड्रोपावरको सेयर मूल्य बढेको छ। १० प्रतिशतले मूल्य बढ्दा लगानीकर्ताले प्रतिकित्ता २९.२० रुपैयाँ आम्दानी गरेका छन्। त्यसैगरी चन्द्रागिरि हिल्सको ७.४२ प्रतिशत, कुमारी बैंक डिबेन्चरको ७.१४, एसबीआई बैंक डिबेन्चरको ४.०४ र सगरमाथा जलविद्युत् कम्पनीको ३.८४ प्रतिशतले मूल्य बढेको छ।
यद्यपि पञ्चकन्या माई हाइड्रोपावर, अपर स्यांगे हाइड्रोपावर, एनआईसी एसिया सेलेक्ट फन्ड, अपरहेवाखोला हाइड्रो र सानिमा बैंक डिबेन्चरको सेयर क्रमशः ९.०३, ४.६०, ३.७६, ३.४० र ३.२४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
सर्वाधिक कारोबार रकम पनि आज २५ करोड मात्रै छ। नेपाल पुनर्बीमाको उक्त कारोबार भएको हो। त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको २१ करोड, चन्द्रागिरि हिल्स १९ करोड, युनाइटेड मोदी हाइड्रो र राधी विद्युतको समान १२ करोडको कारोबार भएको छ।