हिजो बढेको सुनको मूल्य आज फेरि घट्यो

 संवाददाता    २०८२, ३१ श्रावण शुक्रबार ११:२६     342 जनाले पढ़िसके



Spread the love

हिजो बढेको सुनको मूल्य आज फेरि घटेको छ। सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेको हो।

गएको आइतबारदेखि लगातार घटेको सुनको मूल्य हिजो थोरै बढेको थियो।

सुनको भाउ आज तोलाकाे एक लाख ९६ हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुनको मूल्य तोलाको एकलाख ९६ हजार आठसय रुपैयाँ थियो।

यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ घटेर दुईहजार तीन १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।