आज पनि घट्यो सुनको मूल्य

 संवाददाता    २०८२, १० श्रावण शुक्रबार ११:२०     413 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य हिजो प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको थियो। गएका ६ दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा हिजो र आज २ हजार नाैसय रुपैयाँ घटेको हो।

हिजो सुनको मूल्य प्रतितोला एकलाख ९५ हजार दुईसय रुपैयाँ थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य भने थोरै बढेको छ। आज चाँदीप्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।