सुनको मूल्यमा आज उच्च गिरावट

 संवाददाता    २०८२, ९ श्रावण बिहीबार १२:०१     423 जनाले पढ़िसके



Spread the love

बिगत ६ दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा आज उच्च गिरावट आएको छ।

आज सुनचाँदीकै मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको हो।

मूल्य घटेर आज सुन एकलाख ९५ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ। हिजो दुईहजार एकसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो।

गएको बिहीबारदेखि बुधबारसम्म बढेको सुनको मूल्य आज घटेको हो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर दुई हजार दुईसय ३५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।