सुनको मूल्यमा लगातार वृद्धि, आज कति पुग्यो?

 संवाददाता    २०८२, ६ श्रावण सोमबार ११:१८     135 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य साेमबार प्रतितोला चारसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य गएको बिहीबारदेखि लगातार बढ्दै आएको छ। आज सुन तोलाको एक लाख ९३ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ।

सुनको मूल्य गएको बिहीबार प्रतितोला तीनसय, शुक्रबार दुईसय र आइतबार आठसय रुपैयाँ बढेको थियो। हिजाे सुनको मूल्य एक लाख ९३ हजार तीनसय रुपैयाँ थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय ८५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।