सुनको मूल्य आज पनि बढ्यो

 संवाददाता    २०८२, ३० असार सोमबार ११:१३     338 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज पनि बढेको छ। आइतबार प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ९३ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ९२ हजार नौसय रुपैयाँ थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर आज चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।