जनकपुरधाम । मधेश सरकारले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
मधेसमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ । तर यसवर्ष वर्षा नहुँदा धान रोपाई प्रभावित भएकाले मधेस सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको मुख्यमन्त्री सतिश सिंहका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए ।
उनका अनुसार सरकारले प्रदेशका किसानका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको छ ।
यस्तै मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगन्जसहित विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ ।