०७९ का चुनावका असहयोगी भन्दै १८ जनामाथी कांग्रेसको डन्डा तर सर्लाही सभापती दुई तहको अदालतबाट भ्रष्टाचारमा दोषी हुँदा पनि पदमै

 काँग्रेस     २०८२, २७ असार शुक्रबार १२:१४     703 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै १८ जनामाथि अनुशासन कारबाही गरेको छ।

अनुशासन समितिको असार ९ गतेदेखि १७ गतेसम्म बसेको बैठकले तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाही गरेको हो।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले असार ९ देखि १७ गतेसम्म बसेको बैठकले कारबाही गरेको भन्दै आज मातहत समितिहरूमा पत्राचार गरेका छन्।

तर ठिक उल्टो सर्लाही कांग्रेस सभापती भ्रष्टाचार काण्डमा विशेष र सर्वोच्च अदालतबाट दोषी करार भएका सुरेन्द्र प्रसाद सिंह भने पदमै बहाल छन न उनले नैतिक रुपमा राजीनामा दिएका छन न पार्टीका त गगन, विश्वप्रकाश , देउवा सबैको आशिर्वाद रहेको बुझ्न केही गाह्रो छ।

किनकी उनको फैसलाको पुर्णपाठ नै आएको १ वर्ष भईसक्यो पार्टीको तर्फबाट राजिनामा गर भन्ने वा वर्खास्त गर्न संस्थापन पक्ष कसैको रुचि छैन। जिल्लाका उपसभापती लगायतका कार्यकर्ताहरु आएर अनशन, धर्ना सबै बसे अहंँ कोही टसमस भएनन उनले राजीनामा दिनुपर्छ भन्नेमा। उल्टै अगाडि धर्ना देखेर देउवा पछाडीको दुलो बाट छिरेर कार्यक्रम भ्याएर गए सानेपामा।

त्यसपछि यो कुरा के हो भन्दै सोध्न महामन्त्री गगन थापालाई महेन्द्रमालाले फोन गर्यो कैंयौ पटक उठेन, धेरैपटक स्विच अफ, म्यासेज पठाईयो व्हाटसाप म्यासेज गरियो, इमेल गरियो अहं केही लागेन । लोकतन्त्रको दुहाई दिनेहरु बाट फोन पनि उठ्दैन भन्ने हामीले कल्पना पनि गरेका थिएनौं वास्तविकता नै भोगियो। एकपटक महामन्त्रीका स्वकिय हुन वा अरु कोहीले उठाए र भने देउवालाई फोन गर्नु हामीलाई हैन।

अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पनि सम्पर्क गर्ने प्रयास भयो धेरै चोटिको प्रयास पछि एकदिन उनको सहयोगी कसैले उठायो र भने के थियो ? मैले भने हामी मिडिया बाट ! त्यसपछी उताबाट जवाफ आयो पार्टी सम्बन्धी प्रश्न हो भने प्रवक्तालाई फोन गर्नु ! मैले भने प्रवक्तालाई त पहिला नै गरिसकेको वहाँले त रिसाएर फोन काट्नुभयो! उनले फेरि भने उसो भए शेर बहादुर दाईलाई गर्नु ! मैले भने महामन्त्रीलाई फोन गर्दा त कति नम्बरको सहयोगीले उठाउनु भयो थाहा छैन सभापतिको फोन उठ्ला वा सोध्न पाइएला ? भनेँ बिचैमा फोन राखियो पछि महामन्त्रीसंग नि कुरा भयो भर्खरै, वहाँले चांडै पार्टीको निर्णय आउँछ केन्द्रिय समिती वैठक चाहिँदैन भन्नुभयो।

त्यसपछि मुख्यसचिव कृष्ण प्रसाद पौडेलसंग पनी कुरा भयो अली अगाडि वहांले भन्नुभयो अब बस्ने केन्द्रिय समितिले जे गर्नुपर्ने हो त्यही निर्णय गर्छ। त्यसपछी केन्द्रीय समिती वैठक भर्खरै सकियो निर्णय अरु अरु आयो यसो निर्णयलाई नियाल्दा कतैपनी सर्लाही कांग्रेस सभापती सिंहलाई हटाईएको वा राजीनामा दिन लगाउने निर्णय देखापरेन। फेरि मुख्यसचिव पौडेलसंग सम्पर्क गरियो उनले भने मेरो काम वैठकमा एजेण्डा लैजाने हो बाँकी महामन्त्रीद्दयलाई सोध्नुहोस।

यसरी हेर्दा सिंहलाई माया गरेर पदमा थमौती गर्ने महामन्त्रीद्दय रहेछन।

केही समय अघि उल्टै सिंह सभापतिको हैसियतमा उखु किसानको अनुदानका कुरा गर्न काठमाडौं आएका थिए। त्यस्तै महामन्त्री गगन थापासंग त रौतहटमा एक नेताका घरमा परेको शोकमा त उनी महामन्त्री गगन थापासंग सहभोजमै थिए। हरेक केन्द्रीय नेताको राडारमा छन उनी।

यसरी अरु पार्टीका नेता तथा कार्यकर्तालाई नीति नियम र कानुन सम्झाउने गगन थापाअनि विश्वप्रकाश शर्मा लगायत नेताहरुको प्यारो सिंहलाई हटाउनुको सट्टा मिडिया फेस नै गर्दैनन आजकल महामन्त्रीद्द्य।

तर राष्ट्रियता प्रजातन्त्र समाजवादको ठेकेदार हुं भन्छन। आफ्नो पार्टीगत जिवनमा त्यो कुरा लागू गर्न कसले रोकेको छ महामन्त्रीद्दयलाई तर उल्टै शेखर पक्षका पार्टीका मान्छेलाई छानी छानी अनुशासन भन्दै आनन्द ढुंगानालाई डण्डा चलाउन लगाईरहेका छन।

पार्टीमा हालीमुहाली गर्नेहरुको यो चाल हेर्दा लाग्छ आउने अधिवेशनका लागि अहिले देखि नै शेखर पक्षका कार्यकर्ता सक्ने रणनिती नै छ उनीहरुको। यसै गर्दै जाने हो भने कांग्रेसको लोकतन्त्र ,प्रजातन्त्र समाजवाद नारा विपिका पालामा थियो शेरबहादुरका पालामा सकियो भन्ने दिन धेरै टाढा छैन।