नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

 संवाददाता    २०८२, २२ असार आईतवार १६:१६     216 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा आज साढे ९ अर्ब रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

साताको पहिलो कारोबार दिन सूचक २.४० अंकले हरियो भएको दिन २ करोड ७१ लाख कित्ता बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से २७०६.३६ विन्दुमा आइपुगेको छ। यस दिन ८७ वटा सेयरको मूल्य बढे पनि १६२ वटाको घटेको छ।

बढेका सेयरहरुमध्ये नेपाल फाइनान्स १० प्रतिशतले, गार्डियन माइक्रो लाइफ ७.३६ प्रतिशत, राप्ती हाइड्रो एन्ड कन्स्ट्रक्सन ५.७० प्रतिशत, अपर हेवा खोला हाइड्रो ५.१८ पतिशत र जानकी फाइनान्सको ४.९१ प्रतिशतले उकालो लागेको छ।

तर गुडविल फाइनान्स डिबेन्चर ८.८७ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंक ८.५८ प्रतिशत, सिन्धु विकास बैंक ५.८१ प्रतिशत, खानीखोला हाइड्रोपावर ५.४३ प्रतिशत र गरिमा समृद्धि योजनाको सेयर भने ४.३५ प्रतिशतले घटेको छ।

आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४९ करोडको सेयर किनबेच हुँदा, लक्ष्मी सनराइज बैंकको प्रोमोटर सयर ३७ करोडको, हिमालयन रिइन्स्योरेन्स ३४ करोडको, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ३२ करोडको र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट २८ करोडको कारोबार भएको छ।