दोहोरो अंकले बढ्यो सेयरबजार

 संवाददाता    २०८२, १७ असार मंगलवार १५:५३     244 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा यस साता लगातार वृद्धि देखिएको छ।

आइतबार र सोमबार बढेको बजारमा मंगलबार पनि नेप्से उकालो लागेको हो।

तेस्रो कारोबार दिन आज नेप्से २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा पुगेको छ। यस दिन ७ अर्ब ३ करोड रुपैयाँको कुल कारोबार भएको छ। डेढ करोड बढी कित्ता बिक्रीपछि यो परिमाणमा खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यस दिन २१७ वटा सेयर हरियो हुँदा ३१ वटा राताम्य छन्।

सामुदायिक लघुवित्त (८.८७ प्रतिशत), ङादी ग्रुप पावर (९.८७ प्रतिशत), वरुण हाइड्रो (८.४१ प्रतिशत), राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन (८.३१ प्रतिशत), सपोर्ट माइक्रोफाइनान्स (८.०९ प्रतिशत)ले बढेका छन्।

त्यस्तै युनिलिभर नेपाल लिमिटेड (२.१३ प्रतिशत), सनराइज फर्स्ट म्युचुअल फन्ड (१.८७ प्रतिशत), गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स (१.६९ प्रतिशत), नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी (१.४९ प्रतिशत) र सिन्धु विकास बैंक (१.४९ प्रतिशत)को सेयर ऋणात्मक छन्।

कारोबारतर्फ आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४६ करोड, राधी विद्युतको ४५ करोड, बुटवल पावर कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोडको कारोबार भएको छ।