आजदेखि तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ सुरु

 संवाददाता    २०८२, १३ असार शुक्रबार १६:०१     311 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ सुरु भएको छ।

नेपाली आँपको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।

फेस्टिभलमा आँप खाने प्रतियोगिता आकर्षणको विषय बनेको छ। कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘मियाजाकी’ जातको आँप पनि प्रदर्शन गरिएको छ । जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ।