आँपको बजारीकरण र प्रवर्द्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट

 संवाददाता    २०८२, १२ असार बिहीबार १२:३६     195 जनाले पढ़िसके



Spread the love

नेपालको आँपको बजारीकरण र प्रवर्द्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट– २०२५ हुँदै छ।

फेस्टिभलमा नेपाली स्वाद, रङ र आप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने आयोजकले जनाएको छ।

तराई मधेशमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्नका लागि आयोजित यो विशेष उत्सवको औपचारिक उद्घाटन कार्यक्रम यही असार १३ गते दिउँसो १ बजे हुँदै छ। वालनट बिस्ट्रो, लाजिम्पाट, काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिड्स को सहकार्यमा गरिएको हो। फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ।