घट्यो सुनचाँदीको मूल्य

 संवाददाता    २०८२, १० असार मंगलवार १३:०५     583 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १७ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला २१६० रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।