बिहीबार र शुक्रबार घटेको सुनको मूल्यमा आज बृद्धि

 संवाददाता    २०८२, ८ असार आईतवार १२:०३     356 जनाले पढ़िसके



Spread the love

गएको बिहीबार र शुक्रबार घटेको सुनको मूल्य आज बृद्धि भएको छ। सुन आज तोलामा पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य तोलाको एकलाख ९५ हजार दुईसय रुपैयाँ कायम भएको छ।

बिहीबार सुन तोलामा चारसय र शुक्रबार आठसय सय रुपैयाँ घटेको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मोल दुई हजार १६० रुपैयाँ निर्धारण भएको छ।