घट्यो सुनचाँदीकै मूल्य

 संवाददाता    २०८२, ५ असार बिहीबार ११:२७     365 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको चारसय रुपैयाँ घटेको हो।

सुनको मूल्य आज तोलाको एक लाख ९५ हजार पाँचसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य एकलाख ९५ हजार नौसय रुपैयाँ थियो।

गएको मंगलबार सुन तोलामा दुई हजार पाँचसय रुपैयाँ घटेको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला दुई हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।