सेयरबजारमा आज ३.९० अंकको गिरावट

 संवाददाता    २०८२, ३ असार मंगलवार १६:०४     153 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा आज ३.९० अंकको गिरावट आएको छ। बजार परिसूचक नेप्से २६५४.७५ मा झरेको दिन मंगलबार ७ अर्ब ६५ करोडको कारोबार भयो।

अघिल्लो दिनको तुलनामा नेप्से र कारोबार रकम दुवै घटेका हुन्। सोमबार २.८० अंकले सूचक बढेको थियो भने १३ अर्ब १८ करोडको कारोबार भएको थियो।

मंगलबार भने दुवै घटेका छन्। यस दिन ९९ वटा सेयरको मूल्य बढे पनि १४८ वटाको घटेको छ। बढ्नेमा पियोर इनर्जी ९.९९ प्रतिशत, बुटवल पावर कम्पनी ७.७३ प्रतिशत, सामुदायिक लघुवित्त ७.१३ प्रतिशत, अपर हेवाखोला हाइड्रो ५.२८ प्रतिशत र विन्ध्यवासिनी हाइड्रोपावरको ५.१६ प्रतिशतले बढेको छ।

तर गार्डियन माइक्रो लाइफ, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, क्रेस्ट माइक्रो लाइफलगायतको भने अधिकतम ४.६२ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ।

कारोबारमा आज सानिमा माई हाइड्रोपावर अगाडि छ। कम्पनीको ७४ करोडको खरिदबिक्री भएको हो। त्यसैगरी बुटवल पावर कम्पनीको ६० करोड, ङादी ग्रुप पावरको ४६ करोड, राधी विद्युत् ३८ करोडको कारोबार भएको छ।

आज जलविद्युत्, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै उपसूचक राताम्य छन्।